काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस २१ गते गर्ने भएको छ ।
सभा ज्योति ब्याक्वेट एण्ड इभेन्ट, मैजुबाल, कुमारीगाल काठमाडौंमा बिहान ८ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।