काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट सस्था (आइक्यान ) को आयोजनमा तेस्रो लेखा व्यावसायी राष्ट्रिय सम्मेलन आज (बिहीवार) देखि काठमाडौंमा शुरू भएको छ ।
सम्मेलनको उद्घाटन नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन् । उद्घाटन पछि बोल्दै मन्त्री भण्डारीले देशको अर्थिक बिकासको लागि लेखा व्यवसायीको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले लेखा परीक्षण विस्वसनीय र पारदर्शी बनाउन आवस्यक रहेको बताए ।
मन्त्री भण्डारीले नेपालको आर्थिक अवस्था विस्तारै सुधार हुँदै गएको बताएका छन् । 'देशको अर्थतन्त्रमा देखिएको सिथिलता विस्तारै कम हुँदै गएको छ । आर्थिक सुचकहरू पनि सकरात्मक बन्दै गएका छन्,' उनले भने, 'व्यापार र आन्तरिक अर्थतन्त्र चलायमान बनाउन व्यवसायीको आत्मबल बढाउन आवस्यक छ ।'