logo
विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच मर्जर सम्झौता 
विजय लघुवित्त र नयाँ सारथी लघुवित्तबीच मर्जर सम्झौता 
२७ मंसिर २०७९

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झौता भएको छ ।

यी दुई कम्पनीबीच मङ्सिर २६ गते मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि दुवै कम्पनीले नेप्सेलाई पत्राचार गर्दै आगामी साधारण सभा नभएसम्मका लागि शेयर कारोबार रोक्का गर्न आग्रह गरेका छन् ।

पछिल्लो समय मर्जर तथा प्राप्ति प्रयोजनका लागि एकीकृत कारोबार गरेपछि बढीमा १५ दिन मात्र शेयर कारोबार रोक्का राख्ने व्यवस्था रहेकाले कम्पनीको शेयर कारोबार रोक्का हुने छैन ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.