काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन लाइफ इन्स्योरेन्सले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ८ दशमलव ४९ प्रतिशतमात्र खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको कुल आम्दानी करिब ११ प्रतिशतभन्दा बढी १८ अर्ब ४८ करोड रुपैयाँ भएको छ भने कुल खर्च करिब साढे ५ प्रतिशतभन्दा बढी १७ अर्ब १४ करोड रुपैयाँ भएको छ ।
खुद बीमा शुल्क आर्जन भने १ दशमलव ३३ प्रतिशतभन्दा बढी १२ अर्ब १८ करोड रुपैयाँ भएको कम्पनीको खुद दावी भुक्तानी भने ७ दशमलव १४ प्रतिशतभन्दा बढी १४ अर्ब ९६ करोड रुपैयाँ भएको छ । हाल कम्पनीको चुक्रापूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ छ ।
महाविपत्ति कोषमा ४७ करोड ८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन अर्निङ भने १ अर्ब ९ करोड रुपैयाँभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी भने ६ रुपैयाँ ८९ पैसा छ । गत वर्ष यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा थियो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर नेटवर्थ भने ११६ रुपैयाँ ७ पैसा छ ।