काठमाडौं । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमतिको माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेको छ । कम्पनीले वैशाख ७ गते बोर्डमा आवेदन दिएको हो । बोर्डले भने वैशाख २१ गते वेवसाइटमा अपडेट गरेको हो । कम्पनीले सर्वसाारणमा १९ करोड २८ लाख ५७ हजार २०० रुपैयाँ बराबरको १९ लाख २८ हजार ५७२ कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा श कुमारी क्यापिटल लिमिटेड रहेको छ । यो कम्पनी सोलार आयोजना निर्माण गर्ने कम्पनी हो । कम्पनीले तनहुँ जिल्लामा ५ मेगावाट क्षमताको बेल चौतारा सोलार आयोजना निर्माण सम्पन्न गरि २०७८ सालदेखिनै विद्युत विक्री गरिरहेको छ ।