काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष अमर बहादुर खड्काले राजीनामा दिएका छन् ।
जेठ २० गते अध्यक्ष खड्काले सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । खड्का साधारण शेयरधनीको तर्फबाट कम्पनीको सञ्चालक समितिमा अध्यक्षका रूपमा रहँदै आएका थिए ।
अध्यक्ष खड्काले दिएको राजीनामा जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सोही दिनदेखि लागू हुने गरी अध्यक्ष खड्काको राजीनामा स्वीकृत भएको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोगत वीर चौधरीले दिए ।