logo
आठ महीनामा जीवन बीमा कम्पनीहरूले गरे रू. १ खर्बभन्दा बढीको व्यापार, कुनले कति गरे ?
आठ महीनामा जीवन बीमा कम्पनीहरूले गरे रू. १ खर्बभन्दा बढीको व्यापार, कुनले कति गरे ?
१२ चैत्र २०८१

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को फागुन मसान्तसम्ममा कुल रू. १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूको व्यवसाय गत आवको सोही अवधिको तुलनामा १० दशमलव ३३ प्रतिशतले बढेको छ । कम्पनीहरूले गत आवको यस अवधिमा कुल रू. ९८ अर्ब ५३ करोड बराबरको बीमा शुल्क आर्जन गरेका थिए ।

१४ जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीबाहेक अन्यको बीमा शुल्क संकलन बढेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आवको फागुन मसान्तसम्ममा रू. ५ अर्ब २३ करोड बीमा शुल्क आर्जन गरेकोमा चालू आवको फागुन मसान्तमा रू. ४ अर्ब ४७ करोडमा झरेको हो । 

गत फागुनमा सर्वाधिक बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । यस कम्पनीले चालू आवको फागुन मसान्तसम्ममा रू. २९ अर्ब ३९ करोड बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क गत आवको यसै अवधिको तुलनामा ११ दशमलव ७८ प्रतिशत बढी हो । गत आवमा कम्पनीले रू. २६ अर्ब ३० करोड बीमा शुल्क आर्जन गरेको थियो ।

गत महीना सर्वाधिक बीमा शुल्क आर्जन गर्नेको सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले रू. १३ अर्ब ६२ करोड बीमाशुल्क आर्जन गरेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.