काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।
जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पारितका लागि असार २८ गते पाँचौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।
सभा कास्कीको पोखरामा बिहान ८ः३० बजे शुरु हुनेछ । सभाले जारी पूँजीको २० दशमलव ५३ प्रतिशतले हुने आईपीओ निष्कासनका लागि नियामक निकायबाट अनुमति लिने र त्यसका लागि सञ्चालक समितिलाई जिम्मेवारी दिनेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालकहरूको बैठक भत्ता र अन्य सुविधा निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ ।