काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सिद्धार्थ बैंक लिमिटेडलाई १० वर्षे अवधिको २५ लाख कित्ता ऋणपत्र निष्कासनका लागि अनुमति दिएको छ । असार ६ गते बोर्डले कम्पनीलाई ७ दशमलव २५ प्रतिशत ब्याजदर रहेको उक्त कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका यी ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत फागुन ११ गते उक्त ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । कुल कित्ता ऋणपत्रमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई विक्री गर्नेछ भने १० लाख कित्ता बाँकी सर्वसाधारणमा जारी गर्नेछ ।