काठमाडौ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरूले आमा हस्पिटलमा उपचार गराउँदा ५० प्रतिशतसम्म छूट पाउने भएका छन् ।
आमा हस्पिटमा अब उनीहरूले क्याबिन बेडमा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत छूट पाउनेछन् भने आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क लाग्ने छैन । साथै हेल्थ चेकअप प्याकेजमा पनि हस्पिटलले ४० प्रतिशत विशेष सहुलियत दिने भएको छ ।
कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाई उक्त छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरी उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
कम्पनीले यस्ता व्यावसायिक सम्बन्धहरू निरन्तर विस्तार गरी सेवालाई अझ प्रभावकारी र स्तरीय बनाउँदै कम्पनीका बीमित‚ अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने जनाएको छ ।