काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ ।
असार ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा अपराह्न १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने भएकामा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । यीसँगै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रमसमेत सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।