काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरुले नकिनेपछि १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीका लागि वैशाख १७ गते सूचना जारी गरेको थियो । सो अवधिमा विक्री नभएको शेयर पुनः विक्रीका लागि कम्पनीले सात दिने सूचना जारी गरेको हो ।
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ता अन्य व्यक्ति तथा संस्थाहरुले समेत आगामी सातदिनभित्र आवेदन दिन सक्ने जानकारी कम्पनीले आइतवार सूचनामार्फत गराएको हो । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।