काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन । सर्वसाधारणमा २०७९ साउन ३० गते आईपीओ बाँडफाँट गरेको कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
जेठ २८ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाको आधारमा शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनी लाभांश वितरण गर्न सक्ने अवस्थामा नरहेको समेत जानकारी गराएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदत सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभाबाट पारित गराउनका लागि सञ्चालक समितिले पारित गर्दै नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने निर्णय पनि कम्पनीले गरेको छ ।