नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसद अधिकारीले अस्थिर अर्थतन्त्र भएको बेला लेखा परीक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट सस्था (आइक्यान ) को आयोजनमा भएको तेस्रो लेखा व्यावसायी राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै एक्यानका अध्यक्ष दीपक पाण्डेले लेखा व्यवसायीहरू यो पेशाबाट पलायल भएको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले ३२ सय सिए भएपनि ९ सय मात्रै पेशामा सक्रिय रहेको बताए ।
उनले त्रिभुवन विश्वविद्यालयले समकक्षता पनि नदिएको बताए । यस बिषयमा प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई पटक पटक गुनासो गर्दा पनि चासो नदिएको बताए । समकक्षता नपाउँदा सिएहरू सरकारी सेवामा प्रवेश नपाएको बताए ।
त्यस्तै आइक्यानका अध्यक्ष सुजन कुमार काफ्लेले लेखापरीक्षणमा नयाँ/नयाँ मापदण्ड आएकोले त्यसमा आफुलाई अभ्यस्त बनाउन आवश्यक रहेको उल्लेख गरे ।