काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कुल ९६ लाख ७१ हजार ८८ कित्ता शेयरको लकइन आगामी असार २ गतेपछि सकिने भएको छ । कम्पनीले सूचना जारी गर्दै संस्थापकतर्फको ८४ लाख ७३ हजार ५०० कित्ता, कर्मचारीतर्फको ६७ हजार ७८८ कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ११ लाख २९ हजार ८०० कित्ता शेयरको लकइन सकिन लागेको जानकारी दिएको हो । यी शेयर ३ वर्ष अवधिसम्म लकइनमा रहेका थिए ।
सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको अवधिदेखि ३ वर्षसम्म लकइनमा रहेका यी शेयर असार २ गतेपछि भने कारोबारयोग्य हुनेछन् । कम्पनीले सर्वसाधारणमा २०७९ साल असार ३ गते आईपीओ बाँडफाँट गरेको थियो ।