काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले पिपुल्स पावर लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई जेठ २ गते ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ छ ।
सोही पूँजीको आधारमा ५० प्रतिशतले हुने आउने ३१ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न बोर्डले कम्पनीलाई अनुमति प्रदान गरेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ९८ करोड ८९ लाख रुपैयाँ कायम हुनेछ ।