logo
विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत‚ आइतवारदेखि कारोबारमा आउने
विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत‚ आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको एफपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत गरेको छ । जेठ १ गते कम्पनीले ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ दोस्रो बजारमा सूचीकृत गराएको हो । आइतवारदेखि यी शेयर कारोबारयोग्य हुनेछन् । हाल धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गरेकोे हो ।

यो कम्पनी धितोपत्र दोस्रो बजारमा २०७५ साल जेठ १७ गते सूचीकृत भएको थियो । ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको एफपीओ जारीपछि ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ चुक्तापूँजी कायम भएको छ । प्रतिकित्ता १०० रुपैयाँमा एफपीओ निष्कासन गरेको कम्पनीको धितोपत्र दोस्रो बजारमा हाल शेयरमूल्य प्रतिकित्ता २ हजार ४७५ रुपैयाँ कायम छ । एफपीओ प्राप्त गर्ने लगानीकर्ता पहिलो दिनमै २४ हजार ६०० रुपैयाँ नाफामा हुनेछन् । आइतवारदेखि कारोबारयोग्य हुने कम्पनीको एफपीओ हाल कायम शेयरमूल्यकै आधारमा कारोबारमा आउनेछ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.