काठमाडौं । यो साता निरन्तर बजार घट्दा लगानीकर्ताको सम्पत्ति मूल्य अर्थात् कुल बजार पूँजीकरण करीब २ प्रतिशत घटेको छ ।
गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २७ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन बिहीवार भने ४३ खर्ब ४४ अर्ब ७० करोड ५८ लाख रुपैयाँ कायम भएको हो । रकमका हिसाबमा लगानीकर्ताले यो साताको ४ कारोबार दिनमा ८२ अर्ब ८३ करोड १४ लाख रुपैयाँ गुमाएका हुन् ।
४ कारोबार दिन नै निरन्तर बजार घट्दा नेप्से परिसूचक ४९ दशमलव ७९ अंक तल २ हजार ६११ दशमलव ८५ विन्दुमा झरेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ६६१ दशमलव ६४ विन्दुमा रहेको थियो । निरन्तर बजार घटेको अवस्थालाई औल्याउँदै ब्रोकरहरू आगामी साता बजारमा खरीद चाप बढ्ने अनुमान लगाउँछन् ।
यो साता कुल कारोबार रकम २५ दशमलव ४० प्रतिशत घट्दा कुल कारोबार कित्ता ३१ दशमलव २५ प्रतिशत घटेको छ । त्यस्तै औसतमा कारोबार रकम करीब ७ प्रतिशत घट्दा कारोबार कित्ता १४ प्रतिशतभन्दा बढीले घटेको छ । गत साता ५ कारोबार दिनमा ४७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको ११ करोड ८९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४ कारोबार दिनमा ३५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको ८ करोड १७ लाखभन्दा बढी कित्ता धितोपत्र मात्र कारोबार भएको हो ।
गत साता ९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको २ करोड ३७ लाखभन्दा बढी कित्ता औसत धितोपत्र कारोबार भएकोमा यो साता ८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको ४ करोड ३४ लाखभन्दा बढी कित्ता औसत धितोपत्र कारोबार भएको हो । बजार घटिरहेको अवस्थामा लगानीकर्ता पनि सस्तोमा धितोपत्र विक्री गर्नबाट पछि हटेको कारोबार रकम घटेको अवस्थाले दर्शाउँछ । लगानीकर्ता यतिबेला 'पर्ख र हेर'को अवस्थामा रहेको देखिन्छ ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,611.85 | 2,661.64 | -49.79 | -1.87 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 440 | 448.89 | -8.89 | -1.98 |
कारोबार रकम (रू. हजारमा) | 35,657,432.30 | 47,795,870.06 | -12,138,437.76 | -25.4 |
कारोबार कित्ता | 81,759,326.00 | 118,930,567.00 | -37,171,241.00 | -31.25 |
औसत कारोबार रकम (रू. हजारमा) | 8,914,358.08 | 9,559,174.01 | -644,815.94 | -6.75 |
औसत कारोबार कित्ता | 20,439,831.50 | 23,786,113.40 | -3,346,281.90 | -14.07 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,344,705.86 | 4,427,537.34 | -82,831.48 | -1.87 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
यो साता कमाए होटल तथा पर्यटन र विकास बैंकका लगानीकर्ताले
यो साता बजार घटे पनि दुई समूहका लगानीकर्ताले भने कमाएको देखिन्छ । होटल तथा पर्यटन समूह र विकास बैंक समूहको परिसूचकमा देखिएको वृद्धिका आधारमा यो साता यी दुई समूहका लगानीकर्ताले कमाएको देखिएको हो ।
गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म होटल तथा पर्यटन समूहको परिसूचक ७ दशमलव ३० प्रतिशत र विकास बैंक समूहको परिसूचक १ दशमलव शून्य ३ प्रतिशत बढेको हो । यो साता परिसूचक घटेको आधारमा भने वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । वित्त समूहको परिसूचक सर्वाधिक ६ दशमलव २० प्रतिशत घटेको हो ।
त्यस्तै जलविद्युतको ५ दशमलव शून्य ४ प्रतिशत, लगानीको ३ दशमलव २२ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ५२ प्रतिशत, व्यापारिकको २ दशमलव १० प्रतिशत, बैंकिङको १ दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ४९ प्रतिशत, लघुवित्तको १ दशमलव २६ प्रतिशत, अन्यको शून्य दशमलव ८३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव २३ प्रतिशत परिसूचक घटेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
होटल तथा पर्यटन | 6,891.66 | 6,422.87 | 7.3 |
विकास बैंक | 5,371.57 | 5,316.65 | 1.03 |
जीवन बीमा | 13,280.28 | 13,310.43 | -0.23 |
म्युचुअल फण्ड | 19.56 | 19.65 | -0.46 |
अन्य | 2,264.06 | 2,282.99 | -0.83 |
लघुवित्त | 4,646.81 | 4,705.99 | -1.26 |
उत्पादन तथा प्रशोधन | 7,109.47 | 7,217.10 | -1.49 |
बैंकिङ्ग | 1,301.82 | 1,323.55 | -1.64 |
व्यापार | 4,389.35 | 4,483.70 | -2.1 |
निर्जीवन बीमा | 12,326.41 | 12,645.13 | -2.52 |
लगानी | 110 | 113.66 | -3.22 |
जलविद्युत् | 3,454.42 | 3,637.92 | -5.04 |
वित्त | 2,387.09 | 2,544.77 | -6.2 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)