काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १४ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले गत फागुन ११ गते पारित गरेको उक्त बोनस शेयर वापत्को १ करोड १२ लाख २८ हजार ५३७ दशमलव शून्य ४ कित्ता शेयर जेठ १ गते नेप्सेमा सूचीकृत गराएको हो ।
आइतवारदेखि यी शेयर कारोबारयोग्य हुनेछन् । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यी शेयर कारोबार गर्न पाउनेछन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरेकाले माघ २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो बोनस शेयर प्राप्त गर्नेछन् ।