logo
बोटलर्स नेपाल बालाजुको शेयर कारोबार रोक्का, यस्तो छ कारण
बोटलर्स नेपाल बालाजुको शेयर कारोबार रोक्का, यस्तो छ कारण

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड बालाजुको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले यस कम्पनीको शेयर कारोबार आजबाट ३ दिनका लागि रोक्का गर्ने निर्णय गरेको हो ।

कम्पनीको लाभांशसम्बन्धी निर्णयबारे ढिलो जानकारी प्राप्त भएको भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार बन्द गरेको हो ।

कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लाभांश नदिने सम्बन्धी निर्णय गरेको थियो । तर, उक्त जानकारी पुस २ गते मात्रै प्राप्त भएको नेप्सेले जनाएको छ । 

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.