काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेको ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन आगामी असार ७ गतेपछि सकिने भएको छ । कम्पनीले जेठ ६ गते सूचना जारी गर्दै संस्थापक तर्फको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीयतर्फको ७ लाख ५६ हजार ४२० कित्ता र कर्मचारीहरूतर्फको ६५ हजार ८६५ कित्ता लकइनमा रहको शेयर असार ७ गतेपछि कारोबारयोग्य हुने भएको हो ।
यी शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिदेखि ३ वर्ष अवधिका लागि लकइनमा रहेको थियो । कम्पनीले सर्वसाधारणमा २०७९ साल असार ८ गते आईपीओ बाँडफाँट गरेको थियो । उक्त अवधिदेखि लकइनमा रहेको उल्लेखित कित्ता शेयर आगामी असार ८ गतेदेखि कारोबारयोग्य हुने भएका हुन् ।