काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १५ गते आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । सर्वसाधारणमा कम्पनीले आफ्नो जारी पूँजीको ३५ प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो ।
हाल कम्पनीमा संस्थापकतर्फ ६५ प्रतिशतले हुने आउने ५३ करोड ९५ लाख रुपैयाँ कायम छ । आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८३ करोड रुपैयाँ कायम छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले बझांग जिल्लामा १० दशमलव ७ मेगावाट क्षमताको सानीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।