काठमाडौं । नेप्सेको वृद्धिले आज (सोमवार) पनि निरन्तरता पाएको छ । आइतवार २६ दशमलव ५३ अंकले बढेको नेप्से सोमवार ९ दशमलव १९ अंकले बढेको हो । सोमवार २ हजार ६३८ दशमलव ७२ विन्दुसम्म पुगेको नेप्से २ हजार ६२२ दशमलव ५० विन्दुसम्म झरेको थियो । अन्तिममा २ हजार ६३१ दशमलव ४८ विन्दुमा नेप्से बन्द भएको हो । आज १४५ कम्पनीको धितोपत्र मूल्य बढ्दा १०३ कम्पनीको धितोपत्र मूल्य भने घटेको छ ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९७ प्रतिशत बढेको छ भने धौलागिरी लघुवित्तको ९ दशमलव ८० प्रतिशत र विन नेपाल लघुवित्त ९ दशमलव १६ प्रतिशत परिसूचक बढेको छ । राप्ती हाइड्रोको शेयरमूल्य प्रतिकित्ता ३२ रुपैयाँ ४८ पैसाले बढेर अन्तिम मूल्य ३५८ रुपैयाँ १० पैसा कायम भएको छ । त्यस्तै धौलागिरी लघुवित्तको प्रतिकित्ता १३० रुपैयाँ ५६ पैसाले बढेर अन्तिम मूल्य १ हजार ४६२ रुपैयाँ ५४ पैसा र विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १७७ रुपैयाँ २२ पैसाले बढेर अन्तिम मूल्य २ हजार १११ रुपैयाँ १५ पैसा कायम भएको छ ।
पञ्चकन्यामाई हाइड्रो पावरको शेयरमूल्य भने यो दिन सर्वाधिक ४ दशमलव ९२ प्रतिशत घटेको छ । प्रतिकित्ता २० रुपैयाँ ६९ पैसाले घटेर पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ३९९ रुपैयाँ ५० पैसा कायम भएको हो ।
सोमवारको कारोबारमा डोजी आकृति भएको मैनबत्ति बनेको छ । यसले भोलिको दिनमा बजार कुन दिशातर्फ जान्छ भन्नेमा अन्योलको संकेत गर्दछ । सोमवार बजार बढे पनि कारोबार रकम भने घटेको छ । लगानीकर्ता अझै अन्योलको अवस्थामा रहेकाले बजारमा कारोबार रकम घटेको अनुमान ब्रोकरहरूले गरेका छन् । लामो समयदेखि बढ्न नसकेको बजार अब माथि जाने आशामा केही लगानीकर्ता भने कारोबारमा सक्रिय भएको जानकारी ब्रोकरहरूले दिएका छन् । आ
इतवार ७ अर्ब १२ करोड १७ लाख रुपैयाँभन्दा बढीको १ करोड ६६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा सोमवार ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । सोमवार पनि साहस ऊर्जाको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँभन्दा बढीको ६ लाख १४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो कम्पनीको शेयरमूल्य १ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता ५८८ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
सोमवार बजार बढेसँगै कुल बजार पूँजीकरण १५ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । आइतवार ४३ खर्ब ६९ अर्ब १० करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पूँजीकरण सोमवार ४३ खर्ब ८४ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी कायम भएको हो ।
आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १ दशमलव ६३ प्रतिशत बढेको छ । अन्य समूहको परिसूचक भने यो दिन सर्वाधिक शून्य दशमलव ३६ प्रतिशत घटेको छ । अन्य समूहसँगै सोमवार वित्तको शून्य दशमलव शून्य ६ प्रतिशत, होटल तथा पर्यटन समूहको शून्य दशमलव शून्य ३ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव २८ प्रतिशत परिसूचक घटेको छ ।