काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्तावत गरेको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ९०८ रुपैयाँ ३६ पैसाको आधारमा मूल्य समायोजन गरी नेप्सेले बोनस पछिको मूल्य प्रतिकित्ता ८२५ रुपैयाँ ७८ पैसा कायम गरेको हो ।
यस कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाटबाट १० प्रतिशत बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असार ३० गते आयोजना हुने २३औं वार्षिक साधारण सभाबाट पारित हुदैंछ । सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।