logo
डिजेल र हवाई इन्धन सस्तियो
डिजेल र हवाई इन्धन सस्तियो
१९ चैत्र २०८१

काठमाडौं। नेपाल आयल निगमले डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । 

सोमवार सम्पन्न निगम सञ्चालक समिति बैठकको निर्णयअनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाइएको निगमले जनाएको छ । हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर ७ रुपैयाँ र अन्तरराष्ट्रियतर्फको काठमाडौंको लागि प्रतिकिलोलिटर ५१ अमेरिकी डलरले मूल्य घटाइएको निगमको भनाइ छ । पोखरा र भैरहवामा भने हवाई इन्धन लागत मूल्यमै उपलब्ध गराउने निर्णय निगम सञ्चालक समितिले गरेको छ । 

पेट्रोल र खाना पकाउने ग्यासको भाउ यथावत छ । इन्डियन आयल कर्पोरेशनले आगामी १५ दिनका लागि पठाएको मूल्यसूचीमा यी इन्धनको भाउ घटेर आएपछि निगमले पनि मूल्य समायोजन गरेको हो ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.