काठमाडौं । नेपाल बैंक लिमिटेडले कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धनगढी उपमहानगरपालिका–२ चौराहामा आइतवारदेखि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससँगै मुलुकभर बैंकका शाखा संख्या २ सय ३० पुगेको छ । आइतवार एक कार्यक्रमका बीच बैंकका सुदूरपश्चिम प्रादेशिक प्रमुख उमा नकर्मी र शाखा प्रबन्धक मुकेश चन्दको उपस्थितिमा शाखा सञ्चालनमा ल्याइएको हो । उक्त शाखाबाट बैंकसम्बन्धी सबै किसिमका सेवा उपलब्ध गराइने शाखा प्रमुख चन्दले जानकारी दिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.