काठमाडौं । विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले अब मुक्तिनाथ विकास बैंकबाट भिसा तथा शैक्षिक शुल्कहरू भुक्तानी गर्न सक्ने भएका छन् ।
काठमाडौंको महाराजगन्जस्थित एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रा.लि. र मुक्तिनाथ विकास बैंक लि. बीच यससम्बन्धी सम्झौता भएको छ ।
बैंकले यस सेवामार्फत भिसा शुल्क, स्याट र सेभिजको शुल्क, पीटीई परीक्षा शुल्क, आवेदन शुल्क, जीम्याट लगायतको शुल्क भुक्तानी गर्न सकिने जनाएको छ ।
हाल यो सेवा बैंकको महाराजगञ्ज र कमलादी शाखा कार्यालयमार्फत उपलब्ध गराइएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । भविष्यमा अन्य शाखामा पनि यो सेवा विस्तार गरिने योजना छ ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मुक्तिनाथ विकास बैंकले हालसालै ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ, जसमार्फत मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सेवा, इन्टरनेट बैंकिङ तथा खातामै रेमिट्यान्स जम्माजस्ता सुविधाहरू घरमै बसेर लिन सकिन्छ ।
साथै, अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा आएको बैंकले जनाएको छ ।