काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रूपमा अब्बल दिपल इभीको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले आकर्षक ग्राहकमैत्री स्किम ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ । निश्चित समयका लागि जारी गरिएको यो स्किमअन्तर्गत दिपलको प्रिमियम इभी खरीद गर्ने ग्राहकले पहिलो ६ महीनाको मासिक किस्ता तिर्नु नपर्ने बताइएको छ ।
यो योजनाले विश्वस्तरीय डिजाइन र प्रविधिको लक्जरी ईभी ब्रान्ड दिपल खरीद गर्ने ग्राहकको सपनालाई सहज बनाउने बताइएको छ । ग्राहकले ६ महीनाको मासिक किस्ता निःशुल्क पाउनुका साथै आफ्नो पुरानो कारमा बजारकै उत्कृष्ट रिकन्डिसन भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क ७ किलोवाट वालचार्जर र ३ किलोवाटको ट्राभल चार्जर र आर्थिक वर्ष २०८२/८३ सालको सडक कर निःशुल्क पाइने बताइएको छ । यो योजना दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ मा नेपालभरका दिपल सोरूममा उपलब्ध हुनेछ । एक वर्षको अवधिमा ९०० युनिटभन्दा बढी दिपल विक्री भइसकेको बताइएको छ ।