काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले माघ ५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काजिको किचेन पुरानो बानेश्वर, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।