logo
एन आई सी एशिया लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो आधारभूत बाख्रापालन तालिम
एन आई सी एशिया लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो आधारभूत बाख्रापालन तालिम

तनहुँ । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशको शाखा कार्यालय क्यामिनमा सञ्चालित ३ दिने आधारभूत बाख्रापालन तालिम बुधवार सम्पन्न गरेको छ । 

तालिममा संस्थाका ३६ जना महिला सदस्य प्रशिक्षार्थीका रूपमा सहभागी थिए । उक्त तालिम संस्थाका आन्तरिक प्रशिक्षक तीर्थराज रानाभाटले दिएका थिए । 

सो अवसरमा आयोजित कार्यक्रममा तनहुँको व्यास नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपाने र भानु नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, संस्थाको गण्डकी प्रदेश अनुगमन अधिकृत प्रभात किरण पौडेललगायत उपस्थित थिए । 

वडाअध्यक्षद्वय न्यौपाने र अधिकारीले किसानलाई यस्तो तालिम बेलाबेला दिनुपर्ने आवश्यकता रहेको औंल्याए । यस्ता तालिम निरन्तर सञ्चालन गरिनुपर्ने वडाअध्यक्षद्वयको भनाइ छ । 

तालिमका प्रशिक्षक रानाभाटले बाख्राको आहार तयार पार्ने तरिका, बाख्राका लागि उपयुक्त डाले घाँस, भुइँ घाँस लगायतको बारेमा चर्चा गरे । उनले अन्य ठाउँका महिला व्यावसायिक बाख्रापालनबाट घरखर्च चलाउन र बाल बच्चालाई उच्च शिक्षा दिलाउन  सफल भएको बताए । 

त्यस्तै, संस्थाका गण्डकी प्रदेश अनुगमन अधिकृत पौडेलले तालिममा सहभागी महिलालाई बाख्रापालनसँगै अन्य व्यवसायका लागि ऋण दिन आवश्यक सहयोग गर्ने बताए । 

तालिमको समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै एकआपसमा होलीको शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.