logo
एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न
एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारण सभा सम्पन्न
२३ फाल्गुण २०८१

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडको २७औं वार्षिक साधारण सभा बिहीवार काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी प्रतिशेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्तावसमेत पारित भएको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.