logo
एनआईसी एशिया बैंकको ७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा प्रतिकित्ता शेयर मूल्य कति ?
एनआईसी एशिया बैंकको ७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
२६ चैत्र २०८१

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले प्रतिकित्ता १९० रुपैयाँ अंकित मूल्यमा यी शेयर विक्री गर्न लागेको हो । कम्पनीले यी शेयर विक्रीका लागि यसअघि २०७९ वैशाख ९ गते विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो । चैत २६ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि वैशाख ९ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि १०० ले भाग जाने अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

आवेदन शेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख १० गते बिहान १० बजे खोलिने कार्यक्रम तय भइसकेको छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.