काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । आइतवार कायम कम्पनीको अन्तिम शेयरमूल्य ५०६ रुपैयाँ ९९ पैसाको आधारमा नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४५२ रुपैयाँ ६७ पैसा मूल्य तोकेको हो। कम्पनीले यस वर्ष गत आर्थिकवर्ष ०८/८१ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार २ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्न लागिएकाले जेठ २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।