काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको ९० लाख २१ हजार ११५ कित्ता शेयरको लकइन आगामी एक महिनामा सकिने भएको छ । कम्पनीले जेठ २५ गते सूचना जारी गर्दै यी शेयरको लकइन आगामी असार २७ गतेपछि सकिने जानकारी दिएको हो । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फको ८७ लाख कित्ता, आयोजना प्रभावित स्थानीयतर्फ २ लाख ८१ हजार ७५० कित्ता र कर्मचारीतर्फको ३९ हजार ३६५ कित्ता रहेको छ । यी शेयर २०७९ साल असार २८ गतेदेखि तीन वर्षसम्मका लागि लकइनमा रहेको थियो ।
सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिएको मितिदेखि यी शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था अनुसार लकइनमा रहेको हो । आगामी असार २७ गतेपछि यी शेयर धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।