भदौ २६, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले इमर्जिङ्ग भेञ्चर लिमिटेडमा लगानी गर्ने भएको छ ।
कम्पनीले इमर्जिङ्ग भेञ्चरमा रू. ६ करोड ५० लाख लगानी गर्ने नेप्सेमार्फत जानकारी दिएको हो ।
कम्पनीले संस्थापक शेयरधनी भई कम्पनी ऐन अनुसार स्थापित भएको इमर्जिङ्ग भेन्चर लिमिटेडमा प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ५० हजार कित्ता शेयरको हुन आउने रू. ६ करोड ५० लाख लगानी गर्ने कबुल गरेको हो । कम्पनीले कबुल गरेको उक्त रकम इमर्जिङ्ग भेन्चर लिमिटेडले माग गरेको समयमा भुक्तानी गरिने बताएको छ ।