काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर)बीच बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छूट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले सवारी चालक अनुमतिपत्रको लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको एकेडेमीमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्समा बैंकका ग्राहकलाई १५ प्रतिशत छूट उपलब्ध गराइने भएको छ ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले ग्राहकको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वयन गरी छूट तथा किस्ताबन्दीका सुविधा उपलब्ध गराउँदै आएको छ ।
बैंकले हाल ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईमार्फत अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।