काठमाडौं । कुमारी बैंक लिमिटेडले २० हजार ३६४ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा यसअघि विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । शेयरको विक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने जानकारी पनि कम्पनीले दिएको छ ।