काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५०० रुपैयाँ नै कायम भएको हो । जुन अघिल्लो कारोबार दिन बिहीवार कायम रहेको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको थियो । शुक्रवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ५७ हजार ५२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६५४ रुपैयाँ ५० पैसा कायम भएको जानकारी महासंघले दिएको छ ।