काठमाडौँ । चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमाससम्म नेरूडे मिर्मिरे लघुवित्तको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा करीब ७१ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्ष १९ करोड ८३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ५ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।
यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष १५ करोड ७० लाख रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वर्ष ३२ करोड ९६ लाख रुपैयाँभन्दा बढी रहेको हो । यस वर्ष इम्पेरमेन्ट चार्ज रकम करिब १०२ प्रतिशत बढेको हो ।
कम्पनीको निष्क्रिय कर्जा गत वर्ष ८ दशमलव ८३ प्रतिशत रहेकोमा यस वर्ष १४ दशमलव ८१ प्रतिशत रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ११ करोड ७१ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३९ करोड ७७ लाख ६४ हजार रुपैयाँ छ भने जगेडा कोष रकम १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी छ ।
यो अवधिसम्म ६ अर्ब २९ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ११ अर्ब १५ करोड रुपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ । कर्जा प्रवाह भने यो वर्ष २० अर्ब १८ करोड २६ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १९२ रुपैयाँ ६६ पैसा छ ।