काठमाडौं । कुमारी बैंक लिमिटेडले आज (चैत १२ गते) १६ लाख कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा कुमारी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
यी शेयरको विक्री मूल्य विक्रेताले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ । ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।