काठमाडौं । कुमारी धनवृद्धि योजनाले वैशाख मसान्तम्म ९ करोड ४१ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
चैत मसान्तसम्म ८ करोड ४२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले वैशाखमा भने बढी नाफा गरेको हो । यो महीना योजनाको आम्दानी बढेकाले नाफामा वृद्धि देखिएको हो ।
चैत मसान्तसम्म १० करोड ३१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म भने ११ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । आम्दानीसँगै योजनाको खर्चमा पनि वृद्धि देखिएको छ । अघिल्लो महीना १ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले चैतमा भने २ करोड ९ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७९ असार ३ गतेदेखि सञ्चालनमा छ । १२ करोड २५ लाख ७ हजार २५९ इकाई जारी गरेको योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य चैतको तुलनामा बढेर ११ रुपैयाँ ३२ पैसा कायम भएको छ । चैत मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ २४ पैसा थियो ।
धितोपत्रमा योजनाले गरेको परल मूल्य १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी रहेकोमा कुल बजार मूल्य भने १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेको छ । बैंक मुद्दती निक्षेपमा योजनाले यो महीना लगानी गरेको देखिँदैन ।