काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड १ को प्रति इकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ १३ पैसा कायम भएको छ । चैत मसान्तसम्म १० रुपैयाँ ३ पैसा रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य वैशाखमा भने बढेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०८१ साल पुस ४ गतेदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यसहित सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ९९ करोड ५६ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ ।
बैंक मुद्दती निक्षेपमा ६ करोड रुपैयाँ लगानी गरेको कम्पनीले धितोपत्रमा समेत गरेको लगानीको बजार मूल्य भने १ अर्ब ६ करोड ६० लाख रुपैयाँ कायम भएको छ । चैत मसान्तसम्म १ करोड ५६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले वैशाख मसान्तसम्म भने ३ करोड ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । खर्च अघिल्लो महिना १ करोड २२ लाख रुपैयाँभन्दा बढी रहेकोमा वैशाखमा १ करोड ४१ लाख रुपैयाँभन्दा बढी भएको छ । योजना यस अवधिसम्म १ करोड ६२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ ।