काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आगामी माघ २ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम विक्री गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारण समूहको ८ लाख २६ हजार ५७४ कित्ता अवितिरत हकप्रद शेयर लिलाम विक्री गर्न लागेको हो ।
यो शेयर खरीदका लागि इच्छुक लगानीकर्ताले माघ २ देखि ९ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले विक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगञ्ज, जाउलाखेल, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।