काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले १ हजार ५१८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय गजुरी, धादिङमा पेस गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट उक्त शेयर खरीद माग हुन नआएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।