काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिडी पावर कम्पनी लिमिटेडले ५५ लाख ९५ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १० करोड २१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीले विद्युत विक्री आम्दानी बढाएकाले खुद नाफा गर्न सफल भएको हो । गत वर्ष २० करोड ७३ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष २५ करोड ५९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।
कुल सञ्चालन खर्च भने यस वर्ष घटेको छ । गत वर्ष ८ करोड ६५ लाख रुपैयाँभन्दा बढी कुल सञ्चालन खर्च गरेको कम्पनीले यस वर्ष ६५ करोड ३ लाख रुपैयाँभन्दा बढी यो खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार रुपैयाँ छ । शेयर प्रिमियममा ५ करोड ९२ लाख रुपैयाँभन्दा बढी रकम रहेको कम्पनीको जगेडा कोष भने २५ करोड ९२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कुल चालू सम्पत्ति ५७ करोड ५३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल चालू दायित्व रकम भने ८ करोड रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ३२ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९४ रुपैयाँ २७ पैसा छ ।