logo
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पायो हरित जलवायु कोषबाट मान्यता
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पायो हरित जलवायु कोषबाट मान्यता

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले हरित जलवायु कोष (जीसीएफ)बाट मध्यम वर्गको मान्यता पाएको छ । यो बैंक यस्तो मान्यता पाउने देशकै पहिलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको छ । यससँगै बैंकले ५० मिलियन अमेरिकी डलरदेखि २५० मिलियन अमेरिकी डलरसम्मका परियोजनाहरूको व्यवस्थापन गर्न सक्षम बनाएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले भने, ‘जलवायु परिवर्तनसम्बन्धी नयाँ र प्रभावकारी परियोजना कार्यान्वयन गर्ने हाम्रो उद्देश्यलाई अगाडि बढाउन यो अवसरले सहयोग पुर्‍याउनेछ ।’ सन् २०१० मा क्यानकन सम्झौताअन्तर्गत १९४ राष्ट्रहरूको सहमतिमा यो कोष बनाइएको हो, जसको उद्देश्य विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग जुध्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराउनु हो ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.