काठमाडौं। जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एक दिवसीय ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ सम्पन्न गरेको छ । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा चालू आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा समेत गरिएको थियो । कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले जीवन बीमा व्यवसाय संवेदनशील क्षेत्र रहेको बताए । जीवन बीमा पोलिसी भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको उनको भनाइ थियो । जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकास र बीमाको पहुँचलाई आम नागरिकबीच पुर्याउनु पर्नेमा उनले जोड दिए ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको बताए । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउन डिजिटलाइजेशन कार्य थालनी गरिसकेको बताए । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुख तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।