काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओले रू. ८४ दशमलव ४७ देखि २५३ दशमलव ४१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ४७ रहेकोले कम्पनीको आईपीओले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीको आईपीओले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।
कम्पनीको आईपीओ असार ११ गते बाँडफाँट भएको थियो । ३ लाख ६१ हजार ९८९ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका थिए । कम्पनीले जेठ २६ देखि ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ३६ लाख १९ हजार ८९१ कित्ता शेयर बाँडफाँट गरेको हो ।