काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. ४२ लाख १२ हजार नोक्सानी व्यहोरेको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।
आइतवार (आज) नोक्सानीमा रहेको वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्य एकै दिनमा १ सय ८४ रुपैयाँ ८० पैसा घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३ हजार ६२० रुपैयाँ २० पैसामा झरेको छ ।
कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी २८ रुपैयाँ ०६ ऋणात्मक छ । प्रतिशेयर नेटवर्थ २ सय ३ रुपैयाँ ६४ पैसा रहेको छ । चार दिनदेखि यस कम्पनीको शेयर मूल्य निरन्तर बढ्दै आएको थियो । आइतवार नोक्सानीमा रहेको वित्तीय विवरण आएसँगै विक्रेता हाबी भएका छन् ।
अघिल्लो कारोबार दिन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेर एक वर्षयताकै उच्च मूल्य प्रतिकित्ता ४ हजार ५७ रुपैयाँसम्म पुगेको थियो ।