काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको पहिलो त्रैमासमा रू. १ करोड २२ लाख नोक्सानीमा छ ।
गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. १ करोड ३३ लाख नाफामा थियो । चालू आवमा कम्पनीको आम्दानी घटेसँगै नोक्सानीमा गएको हो । गत आवमा कम्पनीले रू. ७ करोड ४१ लाख आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ४ करोड २५ लाखमा झरेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ९६ करोड ७५ लाख छ । चालू आवमा कम्पनीको रिटेन्ड अर्निङ रू. ५२ करोड २० लाख ऋणात्मक छ । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी १ रुपैयाँ २७ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ १२ पैसा र चालू अनुपात ४ दशलमव १७ गुणा छ ।